खुकुरी देखाई लुटपाट गर्ने दुईजना पक्राउ

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

मकवानपुर प्रहरीले खुकुरी देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका– ११ बस्ने २० वर्षीय असिम चौलागाईं र सोही स्थानका २० वर्षकै अनिश चौलागाईं पक्राउ परेका हुन्।

उनीहरूलाई शनिबार अस्थायी प्रहरी पोस्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले हेटौँडा– ११, थानाभर्याङस्थित राप्ती खोलाको बगरबाट पक्राउ गरेको हो।

चौलागाईंद्वयले बकैया गाउँपालिका– ४ बस्ने २० वर्षीय मनीष फुँयाल र सोही स्थानका २४ वर्षीय सुजन पौडेललाई खुकुरी देखाई १ तोलाको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ।

पक्राउ परेका असिम र अनिसलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान कार्य थालिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

सुझावित समाचार