नेप्से १८ अंकले घट्दा करिब साढे पाँच अर्बको कारोबार

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १८.२५ अंकले ओरालो लागेर दुई हजार ६२७.१४ विन्दुमा पुगेको छ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९९ अंकले ओरालो लागेर ४७४.२६ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ।

कुल एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर रु. पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार १५७ मूल्यमा कारोबार भएको छ। नेपाल एसबिआई बैंक ९.७५, पिपल्स पावर ७.८८, सनराइज ब्ल्युचिप फन्ड ७.६७, समृद्धि फाइनान्स कम्पनी ६.१८ र आरबिबी म्युचुअल फन्ड– १ का लगानीकर्ताले ६.०१ प्रतिशतले कमाएका छन्।

रावा इनर्जी १०, एनआइबिएल समृद्धि फन्ड–दोस्रो ५.७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.९०, गुडविल फाइनान्स ४.५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४.२१ प्रतिशतले गुमाएका छन्।

सुझावित समाचार