अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

बुधबार, ७ कार्तिक, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आइपुगेका छन् ।  उनलाई डलेस अन्तर्राष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना समकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले अमेरिकी उद्यमी–व्यवसायीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।     

 

सुझावित समाचार