गैँडासँग मोटरसाइकल ठाेक्किँदा दुईजना घाइते

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा गैँडासँग मोटरसाइकल ठाेक्किँदा दुईजना गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका– ८ खरकट्टा जंगलमा बाटो क्रस गर्दै गरेको गैँडासँग ना.३३प ४२४२ नम्बरको मोटरसाइकल ठाेक्किँदा खाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए।

दुर्घटनामा दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका– ४ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा– ७ निवासी ३० वर्षीय प्रदीप न्यौपाने र ३५ वर्षीय कृष्ण दाहाल घाइते भएका छन्। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। गैँडा भने जंगलतर्फ पसेको प्रहरीले जनाएको छ।

सुझावित समाचार