ज्योति विकास बैंकले बडादसैँका अवसरमा निःशुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमा रहेको ज्योति ट्रान्सफरमार्फत निःशुल्क पैसा ट्रान्सफर गर्न सक्नेछन् ।
शून्य रुपैयाँमै फन्ड ट्रान्सफर योजनाले ग्राहकलाई पैसा ट्रान्सफर गर्न सहज हुने र डिजिटल दक्षिणा पनि थप प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ । विद्युतीय कारोबारलाई ग्राहक वर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना ल्याएको हो ।