थामीको गजलसंग्रहले राख्यो एक्स्क्लुसिभ वर्ल्ड रेकर्ड

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

साहित्यकार रमेश थामीकाे गजलसंग्रह छड्के सलाम एक्स्क्लुसिभ वर्ल्ड रेकर्ड राख्न सफल भएको छ । गत २० असोजमा भारतको राजस्थानमा भएको कार्यक्रममा उनको ‘मूलवासी मंगोलको देश’नामक  गजलसंग्रहले वर्ल्ड रेकर्ड राख्न सफल भएको हो ।

उनको गजलसंग्रह ०७२ मा प्रकाशन भएको थियो ।  गजलसंग्रहभित्र संग्रहित ‘मूलवासी मंगोलको देश’ नामक गजलमा १८३ सेर छन् । जुन  विश्वकै सबैभन्दा लामो गजल हो । सोही विषयलाई लिएर गजलले एक्स्क्लुसिभ वर्ल्ड रेकर्ड राख्न सफल भएको हो ।

उक्त गजल अहिले युट्युबमा सिरिजका रूपमा सुन्न सकिन्छ । मुलुकका विभि्न्न  एफएमहरूले पनि उक्त गजल सिरिजको रूपमा प्रसारणसमेत गरेका छन्।साहित्यकार थामीले यो नेपाली साहित्य इतिहासमा नयाँ आयाम भएको र आफ्नो सिर्जनाले वर्ल्ड रेकर्ड राख्दा खुसी लागेको  बताए ।

सुझावित समाचार