दसैँ मनाउन ५० विपन्न परिवारलाई शिवम् सिमेन्टको सहयोग

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका– १७ मा रहेको शिवम् सिमेन्ट उद्योगले आर्थिक अवस्था कमजोर भएका ५० विपन्न परिवालाई खाद्यसामाग्री सहयोग गरेको छ।

उद्योगले हेटौँडा– १७ का ५० विपन्न परिवार पहिचान गरी सहयोग गर्न सोमबार वडाकार्यलयलाई खाद्य सामाग्री हस्तान्तरण गरेको हो। उद्योगले प्रति परिवार २५ किलोको एक बोरा चामल, दुई किलो दाल, दुई किलो चिउरा, दुई लिटर तेल र एक प्याकेट नुन उपलब्ध गराएको छ।

उद्योगका प्रशासन प्रमुख सुशीला दाहाल, प्रशासन सहायक अच्युत अधिकारी र जनसम्बन्ध अधिकृत राम कडेँलले वडाध्यक्ष उद्धब सत्याललाई ती सामाग्री हस्तान्तरण गरे।

खाद्यान्न सामाग्री बुझ्दै वडाध्यक्ष सत्यालले वडाभित्रका अति विपन्न परिवारसम्म ती सामाग्री पुर्याउने प्रतिवद्धता व्यक्त गरे। उनले मंगलबार नै एक कार्यक्रमको आयोजना गरी उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको खाद्यान्न लक्षित वर्गलाई हस्तान्तरण गर्ने जानकारी दिए।

सुझावित समाचार