नवनियुक्त प्रधानन्यायाधीश राउतले गरे पदभार ग्रहण

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले  पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेका हुन्। राउत सर्वोच्च पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए।

संवैधानिक परिषद्ले भदौ ३१ गते गरेकाे सिफारिसअनुसार राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकाे थियो।

उदयपुर घर भएका राउत कानुन व्यवसायी पृष्ठभूमिका हुन् । उनी ०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।

सुझावित समाचार