तोलामा तीन सयले घट्यो सुनको मूल्य

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज आइतबार सुनको मूल्य तोलामा रु. तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ६१ हजार निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले बढेको छ। शुक्रबार प्रतितोला रु. एक हजार ९८० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार ९८५ मा कारोबार हुने गरी निर्धारण भएको छ।

सुझावित समाचार