प्रेस काउन्सिलको ‘एयर बुक’ सार्वजनिक

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवको अवसरमा नेपाली सञ्चार जगत्को समग्र वस्तुस्थिति समेट्ने गरी अंग्रेजी भाषामा मिडिया ‘एयर बुक’ (वर्ष पुस्तक) प्रकाशन गरेको छ ।

नेपाली सञ्चार क्षेत्रबारे अंग्रेजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले उक्त अभाव टार्ने गरी पहल गरेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । मिडिया क्षेत्रमा हरेक वर्षका प्रमुख घटना, प्रवृत्ति, नीति र कार्यक्रमको विवेचना गर्दै वर्ष पुस्तक प्रकाशन भएको हो ।

नेपालभित्र मात्र नभई अन्तराष्ट्रिय रूपमा नै नेपाल र नेपाली मिडियाबारे चासो राख्नेहरूलाई यो पुस्तक उपयोगी हुनेछ । ‘हाम्रा प्रायः सबै प्रकाशन नेपाली भाषामा हुँदा बाहिरी जगत्लाई मिडियाको अवस्था बुझाउन कठिन थियो । आधिकारिक रूपमा अंग्रेजीमा प्रकाशन नभएको सन्दर्भमा एयर बुकको अवधारणाले सिंगो प्रेस जगत् बुझाउन सजिलो भएको छ,’ प्रकाशनबारे अध्यक्ष बस्नेतले भने ।

उक्त प्रकाशनको प्रारम्भिक रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले काउन्सिलको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेका थिए । शनिबारदेखि भने यसलाई आमनागरिकमाझ ल्याएको काउन्सिलको भनाइ छ । यो वर्षको एयर बुक संस्करणमा जम्मा १६ वटा लेख प्रकाशित छन् । 

See More On

सुझावित समाचार