शुक्लाफाँटामा गर्भवती हात्ती मृत फेला

शनिबार, १९ असोज, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक गर्भवती हात्ती मृत फेला परेको छ। निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवती हात्ती मृत फेला परेको हो। शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए। ‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ,' उनले भने, ‘निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ।’ 

गत १२ असोजमा उक्त हात्ती मृत फेला परेको स्थानदेखि झन्डै ४/५ किलोमिटर पूर्व हात्तीको बथानले आक्रमण गर्दा लालझाडी गाँउपालिका- ४ डागाँ जाईका ५० वर्षीया रामदत्त रानाको मृत्यु भएको थियो ।

सुझावित समाचार