सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले दुईदिने आवासीय तालिम कार्यक्रम गरेको छ । कर्मचारीको ज्ञान र क्षमता विकास गर्न ‘म्यानेजिङ सेल्फ एन्ड रिलेसनसिप’ शीर्षक रहेको उक्त कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डे, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेललगायत कर्मचारीको सहभागिता रहेको थियो ।
नायब प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षकले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कर्मचारीका लागि कार्यस्थलमा आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र उक्त कार्य गर्न आफूमा के–कस्ता परिवर्तन ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै सिइओ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न, कर्मचारीबिच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नुका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकास हुने विश्वास व्यक्त गरे ।