ग्राहकलाई छुट दिन ज्योति विकास बैंकले गर्‍यो चार रेस्टुरेन्टसँग सम्झौता

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

ज्योति विकास बैंकका ग्राहकले चारवटा रेस्टुरेन्टमा छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंकले विभिन्न चारवटा रेस्टुरेन्टसँग सम्झौता गरेको छ । 

बैंकले कमलपोखरीस्थित अचार घर तथा क्याफे लायन हार्ट तन्दुरी चिकन, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड बार र हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एन्ड बारसँग सम्झौता गरेको हो । यी चारवटा रेस्टुरेन्टको सेवामा सम्झौताबमोजिम ग्राहकले १० प्रतिशतसम्मको छुट पाउनेछन् । 

बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग सहकार्य गर्दै विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।   

सुझावित समाचार