काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन : प्रधानमन्त्री ओली

विपतको संवेदनशील समयमा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजेको जिकिर

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण
काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन : प्रधानमन्त्री ओली

दश दिने अमेरिका भ्रमण सकेर सोमबार अपराह्न काठमाडौं आइपुगेका प्रधानमन्त्री ओली । तस्बिर : संजित परियार/नयाँ पत्रिका।

प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा यति डुबान होला भन्ने कल्पना नगरिएको बताएका छन्। विपतको संवेदनशील समयमा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको उनको भनाइ छ।

दशदिने अमेरिका भ्रमण सकेर सोमबार अपराह्न काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा रेडअलर्ट जारी गरे पनि कहाँ–कहाँ पहिरो जान्छ भनरे पूर्वानुमान नभएको बताए।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई सञ्चारकर्मीले रेडअलर्ट जारी गरे पनि सरकार किन गम्भीर बनेन भनेर सोधेका थिए। जवाफमा उनले भने, ‘म तपाईंलाई सोध्न चाहन्छु, फोरकास्ट गरेको छ, रेडअलर्ट भनेर तर, कहाँ-कहाँ पहिरो जान्छ त भनेको थिएन। गएपछि थाहा हुने कुरा भयो।’

उनले अब सरकारले उद्धार र राहतको काम अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने दाबी पनि गर्दै सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने जनाए। 

सुझावित समाचार