झ्याप्ले खोलामा अलपत्र यात्रुलाई प्रहरीको बसमा काठमाडौं ल्याइने

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण
झ्याप्ले खोलामा अलपत्र यात्रुलाई प्रहरीको बसमा काठमाडौं ल्याइने

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलाको पहिरोका कारण अलपत्र यात्रुलाई सुरक्षा निकायले काठमाडौं ल्याउने तयारी गरेका छन्।

सशस्त्र प्रहरी बलको बसमा उनीहरूलाई काठमाडौं ल्याउन लागिएको हो। अलपत्र यात्रुको उद्धारका लागि २ वटा बससहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १३ प्रहरी खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पहिरोमा शनिबार बिहान सवारीसाधन पुरिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। शनिबार र आइतबार गरेर प्रहरीले ३५ जनाको शव निकालिसकेको छ भने थप उद्धार र खोजीमा तीनैवटा सुरक्षा निकाय खटिएका छन्।

सुझावित समाचार