कोशीका मुख्यमन्त्रीले गरे कोशी ब्यारेजको निरीक्षक

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्रआसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन्। 

शनिबार दिउँसो तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख लिएर मुख्यमन्त्री कार्की निरीक्षणमा गएका हुन्।

मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका– ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिए। फसेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। 

मुख्यमन्त्रीले प्रदेशभर वर्षा भइरहेको र बाढीपहिरोले क्षति पुर्‍याइरहेकोले उद्धारका लागि तयारी अवस्थामा बस्न पनि सुरक्षा निकायलाई निर्देशन दिए।  

सुझावित समाचार