तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए। ‘आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ,’ उनले भने। भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ।
‘बादल फाट्न चैँ केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ,’ पराजुलीले भने, ‘पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो।’ नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ। अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यस वर्षको मनसुन बाहिरिनेछ।
शाखाले बंगालको खाडीको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यूनचापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ। नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएकाे छ।
पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएकाे छ। समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्यांक छ। ‘कहीँ त्योभन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ,’ प्रमुख पराजुलीले भने।
२४ घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ। एक सय सातवटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ। यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन। बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान शाखाले जलसतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ। शाखाले वेबसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ।
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सुझावित समाचार
पोखरीमा डुबेर एक युवकको मृत्यु
रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।स्थानीय रामहरि दासका छोरा अ…
मनमोहन प्राविधिक विश्वविद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति
सिभिल इन्जिनियरिङतर्फ स्नातक तह प्रथम सेमेस्टरका विभिन्न ८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायक गरी छुट्टाछुट्टै संस्थामा विभाजन गर्ने उद्देश्यसहित दुई विधे…
विकल पौडेल अर्काे भ्रष्टाचार मुद्दामा दोषी ठहर, ४२ करोड सम्पत्ति जफत हुने
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भए…
निजामती विधेयकमा पहिलोपटक स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्था
निजामती कानुनमा पहिलोपटक स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्था ल्याउन लागिएको छ। बिहीबार प्रतिनिधिसभामा दर्ता गरिएको संघीय निजामती से…
नख्खु जेल ब्रेक गर्ने नेता बस्नेतको निधन
नेकपा संयुक्तका नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन भएको छ । २०३३ सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सिपी मैनाली र प्रद…