राजेशपायल र मेलिनाको स्वरमा डिआइजी कार्कीले ल्याए नयाँ गीत

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

दसैँको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीतमा राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन्।

दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन्। दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन्।

करणसिंह चासिरको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन्।

प्रवक्ता कार्कीले दुई साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागर गरिएको ‘फूलको वासनासरी’ बोलको गीत सार्वजनिक गरेका थिए।

सुझावित समाचार