कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आउने आइतबार ९ बजे बस्ने भएको छ। यसअघि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि डाकिएको थियो।
समय परिवर्तन गरेर कांग्रेसले बैठक बिहान ९ बजेलाई डाकेको छ। ९ बजेको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसका कार्यवाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले अनुरोध गरेका छन्।