पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, चिरौदीमा गुडिरहेको कारमाथि पहिरो खस्दा चारजना घाइते भएका छन्। गुडिरहेको कारमा सडकभन्दा माथिबाट पहिरो खसेपछि कार चिरौदी खोलामा पुगेको हो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग. २च ७८८५ नम्बरको कारमा सवार चारैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार गुडिरहेको कारलाई सडकमाथिबाट आएको पहिरोले ठक्कर दिएपछि कार खोलामा खसेको हो। दुर्घटनामा परी घाइते भएकाहरूको उद्धारपछि नजिकै रहेका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ।
दुर्घटनापछि अवरुद्ध बनेको राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।