धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार परिसूचक ३२.८१ अंकले ओरालो लागेर दुई हजार चार सय ८६.७६ मा सीमित भएको छ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर सात सय ४७.४५ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये दुईवटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ। कुल एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर रु. चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० मूल्यमा खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९.८५, बोटलर्स नेपाल बालाजु ५.०६, एसबिएल डिबेञ्चर ५.०५, एनआइसी एसिया डिबेञ्चर ४.५६ र एनएमबि डिबेञ्चरका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाएका छन्।
ग्रिन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७.६९, अपी पावर कम्पनी ७.४६, थ्री स्टार हाइड्रोपावर ६.७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतले गुमाएका छन्।