टेक्ससमा नेपाल सरकारको कन्सुलर अफिस स्थापना गर्न नेपाली समाज टेक्सस (एनएसटी)को टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छ।
एनएसटीका प्रवक्ता किरण पौड्याल नेतृत्वको टोलीले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणासँग औपचारिक भेटका क्रममा अनुरोध गरेको हो। भेटमा प्रधानमन्त्री ओलीले टेक्ससमा नेपाल सरकारको कन्सुलर अफिस स्थापनाका लागि आफू सकारात्मक रहेको बताए।
‘तपाईंहरू पहिलेदेखि प्रक्रियागत रूपमा आउनुभएको भए राम्रो हुने थियो। टेक्ससको सबै वस्तुस्थिति थाहा भयो। यस विषयमा म सकारात्मक छु,’ भेटमा प्रधानमन्त्री ओलीले भने।
एनएसटीका प्रवक्ता पौड्यालले टेक्सस अमेरिकन एयरलाइन्सको हब रहेकोलगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ब्रिफिङ गरेका थिए।