नेप्से परिसूचकमा उच्च अंकको गिरावट

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५८.९३ अंकले ओरालो लागेर दुई हजार चार सय ७०.३९ मा सीमित भएको छ।

ठुला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ९.५२ अंकले ओरालो लागेर चार सय ४४.८८ मा सीमित भएको छ। कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। कुल एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर रु. पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ मूल्यमा खरिद–बिक्री भएका छन्।

नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त ८.८१, अप्पर स्यांगे हाइड्रोपावर ७.८३, एनआइबिएल ग्रोथ फन्ड ४.८५, इन्ग्वा हाइड्रोपावर ४.१४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाएका छन्।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स ८.७४, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.९६, श्वेतगंगा हाइड्रोपावर ७.६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ७.५५ प्रतिशतले गुमाएका छन्।

सुझावित समाचार