चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले चाडपर्वमा हुन सक्ने अपराध तथा दुर्घटना न्यूनीकरणका लागि विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै उनले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे।

त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका छन्। विशेषगरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न एवं आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई कार्य गर्न  उनको निर्देशन छ।

सुझावित समाचार