कनेक्ट आइपिएसले चाडपर्वलाई लक्षित गर्दै ‘शुभलाभ अफर’ ल्याएको छ । अफरअन्तर्गत कनेक्ट आइपिएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा ग्राहकले आकर्षक क्यासब्याक तथा छुट पाउनेछन् ।
क्यासब्याक अफर बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स र बस सेवा ट्राभल एन्ड टुरको टिकट भुक्तानीमा उपलब्ध हुने बताइएको छ । बुद्ध एयरको टिकटमा ग्राहकले एक सय एक रुपैयाँ क्यासब्याक, श्री एयरलाइन्समा पाँच सय एक रुपैयाँ क्यासब्याक पाउनेछन् भने यती एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा प्रोमो कोड प्रयोग गरी दुई सय ५० रुपैयाँ एयरलाइन्सको छुट र दुई सय ५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
त्यस्तै, बस सेवाबाट टिकट काटेर भुक्तानी गर्ने पहिलो एक हजार ग्राहकले ५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यी सम्पूर्ण अफरहरूमा प्रतिबैंक खातामा एकपटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुने बताइएको छ ।