दसैँमा सिजीका सामान किन्दा सुनका सिक्का जित्ने मौका

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण

इलेक्ट्रिक ब्रान्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए)ले दसैँ–तिहार र छठ पर्वलाई लक्षित गरी ‘दसैँमा १० सुनका सिक्का’ योजना ल्याएको छ । यो योजनामा भाग्यशाली ग्राहकले १०–१० ग्रामका १० वटा सुनका सिक्का जित्ने अवसर प्राप्त गर्नेछन् ।

यो अफर सिजीका साना घरायसी उपकरणमा मात्र लागू हुनेछ । योजनामा सहभागी हुन ग्राहकले कम्पनीका जुनसुकै साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइसकुकर, फ्यान, वाटर डिस्पेन्सर, चुलो, इन्डक्सन, एयर फ्रायरलगायतका विभिन्न साना घरायसी उत्पादनमा मान्य हुनेछ । अभियान २३ भदौबाट देशभर लागू भइसकेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार