‘सम्मेलन पूर्वाधार विकासका लागि महत्त्वपूर्ण’

शनिबार, २९ भदौ, २०८१
डिजिटल संस्करण

उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार सम्मेलन बिहीबार सकिएको छ । सम्मेलनको समापन गर्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए । 

सम्मेलनमा आएका सुझावलाई सरकारले ग्रहण गरी सोहीअनुरूप सुधार गर्नुपर्ने उनको भनाइ थियो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासहरूदेखि नवीन वित्तीय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयहरूमा गहन रूपमा छलफल भएको जानकारी दिए । दिगो विकासलाई अघि बढाउन रणनीतिक लगानीको महत्वका विषयमा आएका सुझाव सरकारलाई उपलब्ध गराउने उनले बताए ।

सुझावित समाचार