ज्योति विकास बैंकका ग्राहकले साइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टरमा छुट पाउने भएका छन् । बैंकका अनुसार साइन फिटनेसको खानामा ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न यसअघि मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, संगम स्विट्स, टिस्टुङ रिसोर्ट तथा जस्मिन फिटनेस क्लब एन्ड स्पासँग सम्झौता गरिसकेको छ ।