माओवादीले काठमाडौं जिल्लाभित्रका जनवर्गीय संगठनको संयुक्त कार्याशाला गर्ने

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले पार्टीको काठमाडौं जिल्लास्तरीय सबै जनवर्गीय संगठन (जबस)को एकीकृत कार्यशाला गर्ने निर्णय गरेको छ।

बुधबार दिउँसो माओवादी केन्द्रको काठमाडौं जिल्ला समन्वय समितिको नेतृत्वमा जबसका उपलब्ध पदाधिकारीको बैठकले चाँडै संयुक्त कार्यशाला गर्ने निर्णय गरेको हो।

पार्टीको जबस, काठमाडौं इन्चार्ज कुमार पौडेलले आगामी आसोज दोस्रो साताका लागि तय गरिएको पार्टी केन्द्रिय समिति बैठकलाई असर नपर्ने गरी एकिकृत कार्याशाला गर्ने निर्णय भएको बताए। ‘पार्टीको केन्द्रीय समिति बैठकको अगाडि वा पछाडि पारेर जबसहरूको संयुक्त कार्यशाला गर्ने निर्णय भएको छ। संयुक्त कार्यशालाले जबसलाई पुनर्ताजगी दिन मदत पुग्ने विश्वास छ,’ उनले भने।

त्यस्तै दसैँ, तिहारमा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, जिल्ला–नगरहरूको बाँकी रहेको सम्मेलन यथाशीघ्र सम्पन्न गर्नेलगायतका निर्णय पनि भएको पौडेलले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रको जिल्ला समन्वय समिति, काठमाडौंका संयोजक सञ्जय लामाले जबसको संयुक्त बैठक राखेर पार्टी कमिटीलाई चलायमान बनाउने उद्देश्य राखेको बताएका थिए।
 

सुझावित समाचार