सेवाको नाममा व्यापार चलाउने निजी विद्यालयलाई कडा कारबाही होस् : सांसद शाह

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाका सांसद असिम शाहले सेवाको नाममा व्यापार चलाउने काठमाडौंका निजी विद्यालयलाई कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका छन् ।

बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद शाहले निजी विद्यालयले आफूले तोकेकै ठाउँमा किताब, कापी र पोसाक किन्न अभिभावकलाई बाध्य बनाएको बताउँदै अतिरिक्त शुल्क उठाउन विद्यार्थीहरूलाई १२ घण्टासम्म विद्यालयमै बस्न बाध्य गराएको आरोप लगाए । विद्यालयको यस्तो धन्दाविरुद्ध आवाज बुलन्द गर्न अभिभावलाई उनले आग्रह गरेका छन् ।

संविधानले दिएको निःशुल्क शिक्षामा राज्यले ध्यान नदिँदा निजी विद्यालयहरू शिक्षाको नकावमा लुटको केन्द्र बनेको आरोप लगाए । एसइई तयारीको नाममा विद्यालयकै होस्टेलमा विद्यार्थीलाई बस्न बाध्य गराएर निजी विद्यालयले अर्काे धन्दा चलाएको उनको भनाइ छ । उनले यसरी विद्यार्थीलाई बाध्य गराउँदा पनि एसइई पास हुने विद्यार्थीको प्रतिशत ४८ मात्र हुँदा राज्यको अनुगमन खै ? भनेर प्रश्न गरे । 

सुझावित समाचार