सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । उक्त कार्यक्रममार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गरिनेछ । सोसम्बन्धी सहमतिपत्रमा दुई संस्थाले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार कम्पनीले रोटरीलाई पाँच लाख रकम प्रदान गर्नेछ । उक्त रकममध्ये अढाई लाख शौचालय निर्माण र बाँकी रकम संस्थाको विभिन्न रोटरी क्लबमार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कुलहरूमा सञ्चालन हुने ‘टिच’ कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने बताइएको छ ।
सो कार्यक्रममा बोल्दै इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रममार्फत आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।