यानिक सिनरले जिते युएस ओपन

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

विश्व नम्बर एक इटालियन टेनिस खेलाडी यानिक सिनरले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन जितेका छन् । अमेरिकाको न्युयोर्कस्थित अर्थुर रंगशालामा सिनरले अमेरिकाका टेलर फ्रिट्जलाई ३–० को सीधा सेटमा हराउँदै उपाधि हात पारेका हुन् ।

उनले यो वर्षको दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले जनवरीमा अस्ट्रेलियन ओपन हात पारेका थिए । उनले अमेरिकी १२औँ वरीयताका फ्रिट्जलाई ६–३, ६–४, ७–५ ले हराए । उनी सन् १९७७ पछि एकै सजनमा आफ्नो पहिलो दुई ग्रान्ड स्लामउपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

उनी युएस ओपनमा एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडी हुन् । अमेरिकालाई अन्तिमपटक एन्डी रोडिकले २००३ मा युएस ओपन जिताएका थिए । त्यसयता अमेरिकाका खेलाडीले प्रमुख उपाधि जितेका छैनन् । 

See More On

सुझावित समाचार