सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको वेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु. एक हजार तीन सयले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु. एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु. ३० ले वृद्धि भएको छ। बिहीबार तोलामा रु. एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार सात सय ९५ निर्धारण भएको छ।

सुझावित समाचार