२१ वर्षपछि मेसी र रोनाल्डो मनोनयनमा परेनन्

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण

सन् २००३ पछि अर्जेन्टिनी लियोनल मेसी र पोर्गुगलका क्रिस्टियानो रोनाल्डो विश्वचर्चित बालोन डि’अर अवार्डको प्रारम्भिक ३० खेलाडीको मनोनयन सूचीमै अटेनन्

सर्वाधिक आठपटकका विजेता लियोनल मेसी र पाँचपटक च्याम्पियन बनेका क्रिस्टियानो रोनाल्डो फ्रान्सको फुटबल म्यागेजिनले प्रदान गर्ने बालोन डि’अरको प्रारम्भिक चरणको मनोनयनमै परेनन् । म्यागेजिनले बुधबार सन् २०२३ को वर्ष खेलाडीको प्रारम्भिक चरणको मनोनयन सार्वजनिक गरेको हो । अर्जेन्टिनी मेसी र रोनाल्डो सन् २००३ पछि पहिलोपटक बालोन डि’अर अवार्डको दौडमै समावेश नभएका हुन् । दुई दशकपछि यी दुई खेलाडीविना अवार्ड हुनेछ । दुवै खेलाडीले युरोप भन्दाबाहिर व्यावसायिक फुटबल खेलिरहेका छन् । 

इंग्लिस फुटबलर डेभिड बेकह्यामको लागनीमा रहेको इन्टर मियामीबाट मेसी अमेरिकामा फुटबल खेलिरहेका छन् । पोर्चुगलका कप्तान रोनाल्डो दुई वर्षदेखि साउदी अरेबिया प्रो लिग अल नासरमा आबद्ध छन् । फिफाको सूचीमा करिम बेन्जिमा र लुका मोड्रिक मनोनयनमा परेका छन् । फुटबल म्यागेजिनले पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, प्रशिक्षक युवा खेलाडी र गोलरक्षकको मनोनयन सार्वजनिक गरेको हो । सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन् । 

यसपटक इंग्ल्यान्ड ६ खेलाडी प्रारम्भिक चरणमा परेका छन् । पुरुष वर्ष खेलाडीमा जुड बेलिंघम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, टोनी क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स र रोड्री छन् । 

केन र एम्बाप्पे मनोनयनमा
इंग्ल्यान्डका कप्तान ह्यारी केन र फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पे पनि पुरुष वर्ष खेलाडीको अन्तिम ३० भित्र परेका छन् । यस विधामा डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एम्बाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर, अलेजान्द्र ग्रिमाल्डो मनोनयनमा परेका छन् । महिलातर्फ ३० खेलाडी मनोनयनमा परेका छन् । 

उत्कृष्ट प्रशिक्षक पुरुषमा जाबी अलोन्सो, कार्लो एन्सेलोट्टी, लुइस डे ला, लियोनल स्कालोनी, पेप ग्वार्डिओला र जियान पिएरो मनोनयनमा परेका छन् । उत्कृष्ट युवा खेलाडीमा पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी छन् । महिलातर्फको प्रशिक्षकमा सोनिया बोम्वास्टोर, आर्थर एलियास, जोनाथन गिराल्डेज, एम्मा हायेस, फिलिपा पाटाओ, सारिना विएगमान मनोनयनमा छन् । 

See More On

सुझावित समाचार