सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट ०८१ सम्पन्न गरेको छ । कार्यक्रम देशभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्तालक्षित गरिएको थियो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया , सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
कम्पनीले आर्थिक वर्ष ०८०/८१ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूलि क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजना प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो ।
उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान गरेको थियो ।