रेडक्रस सोसाइटी कावासोतीले कावासोतीमा शववाहन सञ्चालनमा ल्याएको छ।
गरिब तथा विपन्न परिवारलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्कमा उपलब्ध गराउने गरी बुधबारदेखि शवबाहन सञ्चालनमा ल्याएको नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका अध्यक्ष बाबुराम कँडेलले बताए।
६२औँ नेपाल रेडक्रस स्थापना दिवसको अवसर पारेर शवबाहन सञ्चालनमा ल्याइएको हो। शवबाहन रेडक्रस शाखा कावासोतीले आफ्नै साढे ७ लाख रुपैयाँ लगानीमा खरिद गरेको बताइएको छ।
यसैबिच रेडक्रस कावासोतीले आजै कावासोतीमा माविस्तरीय अन्तरविद्यालय तिज गीत प्रतियोगिता गरेको छ। प्रतियोगितामा कावासोतीभित्रका विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो।