काठमाडौं महानगरद्वारा पलेसालाई नगद पाँच लाखसहित सम्मान

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलिम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई रु. पाँच लाख नगदसहित सम्मान गरेको छ।

महानगरपालिका कार्यालय काठमाडौं प्लाजामा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मानपत्र तथा उपप्रमुख सुनिता डंगाेलले  रु. पाँच लाखको चेक पलेसालाई हस्तान्तरण गरे।

सो अवसरमा पलेसाका प्रशिक्षक कविराज नेगी लामालाई तीन लाख रुपैयाँसहित सम्मान गरिएको थियो। यस्तै, पलेसाकी माता पनिता गोवर्द्धन र पिता प्रदीप गोवर्द्धनलाई पनि सम्मान गरिएको थियो।

पलेसाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलिम्पिक्समा के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा कांस्य पदक प्राप्त गरेकी थिइन्।

सुझावित समाचार