सिटिजन्स क्यापिटल लिमिटेडको वार्षिक साधारणसभाले १५.५० प्रतिशत लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १८औँ सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
त्यस्तै, सभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित ०८१ असार मसान्तको वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पनि पारित गरेको छ ।
साथै, चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकको बैठक भत्ता परिमार्जन गरिएको छ ।