नेपाली पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पाराओलम्पिक २०२४ को एस ९ क्याटेगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९औँ स्थान हासिल गरेका छन् । उनको स्पर्धामा १९ खेलाडी सहभागी थिए ।
पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेको नेपाली टोलीका सेफ दी मिसन सरोज श्रेष्ठले जनाएका छन् ।
५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो । यो समय उनले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा कायम गरेका थिए ।
भीमको प्रतिस्पर्धासँगै पेरिस पाराओलम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । पेरिस नेपालबाट दुई खेलमा तीन खेलाडी सहभागी थिए । तेक्वान्दोकी पलेशा गोवर्धनले के ४४ महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य जितिन् ।