ज्योति विकासका ग्राहकलाई मेडेक्स क्लिनिकमा छुट

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

ज्योति विकास बैंकका ग्राहकले मेडेक्स मस्टिस्पेसियालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यी दुई संस्थाबिच छुटसम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापछि बैंकका ग्राहकले उक्त क्लिनिकमा इन–हाउस परीक्षण गराउँदा २० प्रतिशतसम्मको छुट पाउने भएका हुन् । बैंकले यसअघि ‘लुगासुगा’ ट्रेडर्समा लुगा किन्दा २२% र ट्र्यांक्विलिटी स्पामा सेवा ३०% छुट दिने सम्झौता गरिसकेको छ ।

सुझावित समाचार