रेखाको गोलमा अबुधाबी समूह चरणमा

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

अबुधाबी कन्ट्री क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ । समूह ‘ए’मा भएको खेलमा अबुधाबीले साउदी अरेबियाको अल नासरलाई १–० ले हराउँदै समूह चरणमा स्थान पक्का गरेको हो । अबुधाबीका लागि नेपालकी स्ट्राइकर रेखा पौडेलले एक मात्र निर्णायक गोल गरेकी थिइन् ।

उनकै गोलमा अबुधाबी अगाडि बढेको हो । पहिलो हाफमा खेल गोलरहित बराबरी भएको थियो । खेलको ६८औँ मिनेटमा रेखाले अबुधाबीलाई १–० को अग्रता दिलाइन् । प्रतियोगितामा उनको यो व्यक्तिगत दोस्रो गोल हो । यसअघि अबुधाबीले प्रारम्भिक चरणको पहिलो खेलमा इफेलेन्टलाई २–१ ले हराउँदा रेखाले डेब्युमै गोल गरेकी थिइन् । अबुधाबीले आफ्नो समूहमा तीनवटै खेल जित्यो । 

जितसँगै अबुधाबीले तीन खेलमा ९ अंक जोड्दै शीर्ष स्थान रक्षा गर्यो । अल नासर ६ अंकका साथ दोस्रो भयो । योङ इलेफेन्टले ३ अंक जोड्यो । म्यानमारको म्यवाडीले कुनै अंक जोडेन । अबुधाबी च्याम्पियन्स लिगको समूह ‘ए’मा परेको छ । यस समूहमा चीनको वुहान जियान्ग्दा, दक्षिण कोरियाको इन्चोन रेड एन्जल्स र मलेसियाको सबाह एफसी छन् ।

See More On

सुझावित समाचार