जोकोभिच तेस्रो चरणबाटै बाहिरिए

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

सर्बियन स्टार नोभाक जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणबाटै बाहिरिएका थिए । न्युयोर्कको आर्थर ऐस कोर्टमा विश्व नम्बर दुई जोकोभिचले २८औँ वरीयताका अस्ट्रेलियन खेलाडी एलेक्सी पोपिरिनसँगको खेल ४–६, ४–६, ६–२, ४–६ ले गुमाए । यस खेललाई युएस टेसिनकै अप्रत्याशित नतिजा मानिएको छ । जोकोभिचले २४औँपटक ग्रान्डस्लाम जितिसकेका छन् । 

जोकोभिचले सन् २०२३ मा रुसका डेनियल मेदवेदेवलाई हराउँदै उपाधि जितेका थिए । अघिल्लो दिन मात्रै १५ पटक ग्रान्डस्लाम जितेका स्पेनका कार्लाेस अल्काराजलाई ७४औँ वरीयताका बोटिक भान डी जान्डस्कल्पले हराएका थिए । उनले खेल ६–१, ७–५ र ६–४ ले जितेका थिए । अल्काराजले विम्बल्डनको फाइनलमा नोभाक जोकोभिचलाई हराउँदै उपाधि जितेका थिए । 

यता, जोकोभिच सन् २०१७ पछि पहिलोपटक ग्रान्डस्लाम उपाधिविहीन हुनेछन् । पछिल्लो १६ वर्षपछि उनी युएस अोपनको चौथो चरणसम्म पनि पुग्न सकेनन् । सन् २००२ पछि ग्रान्डस्लाममा जोकोभिच, राफेल नाडाल र रोजल फेडरर हुने छैनन् । 

२५ वर्षीय पोपिरिनले क्वार्टरफाइनलमा अमेरिकाका फ्रान्सिस टियाफोको सामना गर्नेछन् । टियाफोले आफ्नै देशका बेन सेल्टनलाई ४–६, ७–५, ६७ (५–७), ६–४, ६–३ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरे । यसैगरी, एलेक्जेन्डर जेभरेभ, टाइलर फिट्ज र कास्पर रुडले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

See More On

सुझावित समाचार