योगेशको अभिव्यक्ति जसले संसदमा बढायो तनाब [भिडियाेसहित]

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका सांसद योगेश भट्टराईले सम्बोधनका क्रममा प्रयोग गरेको शब्दले बुधबार प्रतिनिधिसभा बैठकमा केही समय तनाबपूर्ण अवस्था बन्यो। विद्युत् बक्यौताको विषयमा बोल्ने क्रममा भट्टराईले ‘माओवादीको १० वर्षको हिंसा’ भनेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नियमापत्ति गरे।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गरेर संविधानले हिंसा नभनेको स्मरण गराइरहँदा भट्टराईले बारम्बार ‘माओवादीको हिंसा नै हो’ भनी दोहोर्याइरहे।

सापकोटालाई सभामुखले बोल्ने समय नदिँदा माइकविना नै सापकोटाले आपत्ति जनाइरहँदा भट्टराईले भने, ‘हिंसा हो, हिंसा हो, हिंसै हो। हिंसाबाहेक केही होइन। यो हाम्रो परिभाषा हो, उहाँले नमाने पनि केही हुँदैन। यो हाम्रो पोलिटिकल कमिटमेन्ट हो।’

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच नोकझोकको स्थिति ल्याएको भट्टराईको अभिव्यक्ति भिडियोमा हेर्नुस्:

सुझावित समाचार