नेपालटारको सडक रोपाइँ गर्नेजस्तो छ, विभाग पोलमा स.वि. लेखेर बसेको छ : सांसद खनाल

स्रोत र साधन सडक मर्मतमा लगाउन विभागलाई आग्रह

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पोल–पोलमा स.वि. लेख्न छोडेर सडक मर्मतमा ध्यान दिन सडक विभागलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले राजधानीको सडकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

तारकेश्वर नगरपालिकाको नेपालटार–डाँडागाउँ सडकखण्डमा सवारीसाधन चल्न सक्ने अवस्था नरहेको विषयमा ध्यानाकर्षण गराउँदै सांसद खनालले राजधानीको केन्द्रबाट ५–६ किलोमिटर दूरीका बाटोको दूरवस्थाप्रति असन्तुष्टि जनाए।

‘रिङरोड, मूलतः गोंगबु–सामाखुसी क्षेत्रमा पानी पर्नेबित्तिकै भैँसीले आहाल खेल्ने पोखरीजस्तो हुन्छ । यहाँबाट पाँच किलोमिटर टाढाको यो अवस्था देख्दा पनि सरकार किन आँखा बन्द गरेर बसेको हो ?’ उनले भने, ‘नेपालटारबाट डाँडागाउँको बाटोमा फोर–ह्विलरबााहेक गाडी नै नचल्नेजस्तो भएको छ । साङ्ला बिहानी चोकमा धान रोप्नुपर्नेजस्तो स्थिति छ । यहाँबाट १०–१५ किलोमिटरको बाटोको अवस्था यस्तो छ । सडक विभाग भने पोलपोलमा स.वि. लेख्दै गरेको छ। बरु उसको त्यो इनर्जी, स्रोत, पैसा सडक मर्मतमा लगाए जनताले अलिकति सास्ती कम पाउँथे कि ।’

सुझावित समाचार