लुम्बिनीका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

शपथग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँण केसीलगायतको उपस्थिति थियो। मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको हाे।

मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका– ९ निवासी खनाललाई यही भदौ ६ गते  मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।

सुझावित समाचार