धनगढी उपमहानगरलाई कृषि विकासको सहयोग

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

कृषि विकास बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई पाँच लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेको छ । सो आर्थिक सहयोगबाट उपमहानगरपालिकाअन्तर्गतका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत झन्डै एक सयजति विपन्न बालबालिकालाई स्कुल ब्यागलगायतका विविध शैक्षिक सामग्री खरिद गरिने बताइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले एक कार्यक्रमबीच सो सहयोग रकमको चेक उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरे । 

कार्यक्रममा सिइओ गुरुङले बैंकले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सांस्कृतिक संरक्षणसम्बन्धी परोपकारी कार्य गर्दै आइरहेको बताए । साथै, आगामी दिनमा सम्पूर्ण बैंकिङ सुविधासहितको घरआँगनको बैंकका रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि बताए । त्यस्तै, मेयर हमालले सहयोगका लागि बैंकलाई धन्यवाद दिए ।

सुझावित समाचार