ज्योति विकास बैंकका ग्राहकले लुगा स्टोर ‘लुगासुगा ट्रेडर्स’मा २२ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
बैंकका ग्राहकलाई छुट दिन द्विपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले छुट पाउनेछन् । यो सम्झौताले लुगा खरिद गर्न चाहने ग्राहकलाई राहत मिल्ने बैंकको भनाइ छ ।
बैंकले यसअघि ट्र्यांक्विलिटी स्पासँग पनि छुट सम्झौता गरेको छ । देशभर रहेका १७ वटा ट्र्यांक्विलिटी स्पामा ग्राहकले ३० प्रतिशसम्मको सुविधा पाउनेछन् ।ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशभरका विभिन्न व्यवसायसँग सम्झौता गरी छुट र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।