गरिमालाई ‘बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्ड

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा भारतमा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डबाट बैंक सम्मानित भएको हो । उक्त प्रतिस्पर्धामा बिमस्टेक देश नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो । 

कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्ने उक्त अवार्ड प्राप्त गरेको हो । बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट र सुरक्षित रहेको विश्वास लिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाइ प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।  

सुझावित समाचार