ईशान बाल तथा महिला अस्पतालले स्थापनाको २९औँ वार्षिकोत्सव मनाएको छ । ०५२ सालमा कृष्णजन्माष्टमीकै दिनबाट सुरु भएको यस वार्षिकोत्सवका अवसरमा सोमबार भगवान् श्रीकृष्णको पूजा, रक्तदान तथा अस्पतालका विभिन्न उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दनप्रसाद चौधरीले कार्यक्रममा संस्थाले गरेको प्रगति, भविष्यको योजनाबारे प्रकाश पारे । साथै, उनले २९ वर्षदेखि विश्वास कायम राखी सेवा गर्ने मौका दिएकामा धन्यवाद ज्ञापन गरे । अस्पतालले अन्तर्राष्ट्रिय मापदण्डको बाल महिला तथा वयस्कसम्बन्धी मल्टिस्पेसियालिटी तथा सुपरस्पेसियालिटी सेवा दिइरहेकोे जनाएको छ ।
टोखास्थित २५ शय्याको ईशान अस्पतालले एमडी पेडियाट्रिक विशेषज्ञबाट नवजात तथा बालरोग, सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी, आइसियू, अल्ट्रासाउन्ड, सिटी स्क्यान, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्त, छाला तथा यौन रोग, नाक कान घाँटीलगायतका सेवा दिँदै आएको छ ।