ताप्लेजुङ गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबलाई

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले चुमेको छ। सहलेस युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै सगरमाथा मोरङले उपाधि जितेको हो।

सगरमाथा युथ क्लबका विजय भुजेलले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। भुजेलको गोल नै उपाधिका लागि निर्णायक बन्यो।

मध्यान्तरपछि आक्रामक खेल भए पनि दुवै टिमले गोल गर्न सकेनन्। उपाधिसँगै सगरमाथाले नगद ५ लाख हात पारेको छ। उपविजेता सहलेस सिराहाले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

सुझावित समाचार